११ श्रावण २०८३, सोमबार

सहुलियतपूर्ण कर्जाका लागि झन्डै १० अर्ब ब्याज अनुदान निकासा



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि सहुलियतपूर्ण कर्जा ब्याज अनुदानका लागि झन्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ ।

एकीकृत कार्यविधि २०८२ अनुसार अर्थमन्त्रालयले ९ अर्ब ८० करोड रुपैयाँ निकासी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूको लगभग दुई वर्षदेखिको ब्याज अनुदानको दायित्व फछ्र्योट हुनेछ र कर्जा प्रवाहमा गति आउने अपेक्षा गरिएको छ ।

अघिल्लो सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पुरानो कार्यविधि खारेज गरी नयाँ कार्यविधि २०८२ जारी गरेको थियो । यस अन्तर्गत बैंक र वित्तीय संस्थाले आधार दरमा २ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न सक्नेछन् । सरकारले ५ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।