व्यापारले उचाल्यो सेयर बजार, १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । आइतबार व्यापार समुह साढे ८ प्रतिशतले बढ्दा सेयर बजारमा रौनक देखिएको छ ।
आज सेयर बजार मापक नेप्से परिसूचक १११.७० अंकले बढ्दा २६ सयको बिन्दु पार गरेको हो । यसदिन ४.४४ प्रतिशतले बढेको नेप्से २६ सय २३ दशमलव ६२ बिन्दुमा उक्लिएको हो ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । यसदिन ३२९ कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता सेयर किनबेचहुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत बिहिबार तीन पटक नकारात्मक सर्किट लागेको बजार एक सय ६० दशमलव ३३ अङ्कले घटेर २५ सय ११ दशमलव ९१ विन्दुमा झरेको थियो ।
यसदिन निर्जिवन बीमा साढे ३ प्रतिशत र म्युच्युअल फण्ड ०.७३ प्रतिशतले घटेको छ भने व्यापार समुह ८.६६, लगानी समुह ७.६८, बिकास बैंक समुह ६.०७, जलविद्युत समुह ५.८३, जीवन बमिा समुह ५.६६, फाइनान्स समुह ५.५४, बैंकिङ समुह ४.५२ प्रतिशतले बढेका छन् ।
आज सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाएनान्स, शिभम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला हाइड्रोपावर, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।यस्तै २१ कम्पनीकाे सेयर मूल्य ९ प्रतिशतभन्दा बढी छ ।














