हितेन्द्रलाई हटाएर प्राधिकरणकाे कार्यकारी निर्देशकमा सिलवाललाई राखियो
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैंठकले यसअघि उपकार्यकारी निदेशक रहेका सिलवाललाई शाक्यकाे ठाउँमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।
५ महिनाअघि मात्र प्राधिकरणका कार्यकारी निर्देशक बनेका शाक्यलाई सरुवा गरी जल तथा उर्जा आयोगमा विज्ञकोरुपमा पठाइएको हो।
यसअघि गत चैत ११ मा नेकपा एमाले र नेपाली कांग्रेसको सरकारको तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सो पदमा नियुक्त गरेको थियो ।













