लगातार उच्च रेकर्ड बनाइरहेको सुनचाँदी सोमबार पनि बढ्यो, तोलाको कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लगातार उच्च रेकर्ड बनाइरहेको सुनचाँदी सोमबार पनि बढ्यो, तोलाको कति ?



काठमाडौं। लगातार बढेर उच्च रेकर्ड बनाएकाे सुनकाे मूल्य साेमबार पनि बढेकाे छ । आइतबार ताेलामा ११ सय रूपैयाँ बढेकाे सुनकाे मूल्य सोमबार प्रतिताेला ७०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख १७ हजार ८ सय रुपैयाँ पुगेको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको थियो।

अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँ बढेर चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। आज चाँदी प्रतितोला २ हजार ६ सय ५० रुपैयाँ भएको छ।


प्रतिक्रिया दिनुहोस्