११ श्रावण २०८३, सोमबार

नवनियुक्त ४ जना मन्त्रीहरूले लिए शपथ



काठमाडौं । अन्तरिम सरकारका थप ४ नविनयुक्त मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

केहीबेरअघि शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा मदन परियारलाई शपथ ग्रहण गराएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ जना मन्त्रीको नाम सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्। जसमध्यमे स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा। संगीता कौशल मिश्राको नाम होल्ड भएको छ।