कामना सेवा र यूनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कामना सेवा र यूनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज



काठमाडाैं । मंगलबार, कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

दुबै कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेका छन्। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ शेयरधनी बनेकाले मात्र दुबै कम्पनीको साधारण सभामा उपस्थित हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कामना सेवा विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारण सभा असोज २४ गते, शुक्रबार बिहान ११ बजे लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौंमा गर्नेछ। सभाले हालको चुक्ता पूँजीमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५।७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, यूनिभर्सल पावर कम्पनीले असोज २३ गते, बिहीबार बिहान १० बजे दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारण सभा बोलाएको छ। सो सभामा कम्पनीले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०।४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस्