आज एकैदिन ३९०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?
काठमाडौं। लगातार बढेर उच्च रेकर्ड बनाएकाे सुनकाे मूल्य मंगलबार पनि बढेकाे छ । आइतबार ताेलामा ११ सय, सोमबार ७०० रूपैयाँ बढेकाे सुनकाे मूल्य मंगलबार एकैदिन ३ हजार ९०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। साेमबार छापावाल सुन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ कायम भएको थियो।
अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँ बढेर चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। आज चाँदी प्रतितोला २ हजार ६ सय ८० रुपैयाँ भएको छ। साेमबार चाँदी २ हजार ६ सय ५० रूपैयाँमा काराेबार भएकाे थियाे ।













