जेनजी विद्रोहपछि सार्वजनिक भए केपी ओली
काठमाडौं । जेनजी विद्रोहपछिको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा उनी सोमबार नेता–कार्यकर्तासँग देखिएका हुन् ।
ओलीलाई भेट्न निवासमा पुग्नेको भीड लागेको थियो । भेटघाटका क्रममा उनले केही प्रतिक्रिया भने दिएका छैनन् । धेरैले फोटो खिचाउँदै सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बन्दा ठूलो क्षति भएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता उनी सार्वजनिक भएका थिएनन् ।
सरकार परिवर्तनसँगै अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ । प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ मा चुनाव तोकिएको छ।















