राजमार्गमा अलपत्र यात्रुलाई सहयोग गर्न एमाले बागमती इञ्चार्ज भट्टराईको आग्रह
काठमाडौं । नेकपा (एमाले) स्थायी समिति सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले राजमार्गमा अलपत्र यात्रुलाई सहयोग गर्न पार्टीका कमिटीहरूलाई आग्रह गरेका छन्।
हिजो राति गएको पहिरोका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड अवरुद्ध भएपछि दशैं मनाउन घर फर्किरहेका हजारौं यात्रु बाटैमा अलपत्र परेका छन् । यस्तो परिस्थितिमा आवश्यक खानेपानी, खाद्यान्न र प्राथमिक उपचारका औषधि उपलब्ध गराउन धादिङ पार्टीका कमिटी र सम्बद्ध जनसंगठनलाई भट्टराईले आग्रह गरेका हुन् ।
उनले भने, ‘यस्तो विपतमा सहयोग र मानवीय संवेदनशीलता देखाउनु हाम्रो दायित्व हो। यात्रुहरूको सहज आवागमन र आवश्यक सेवा–सुविधा जुटाउन सबैलाई आह्वान गर्दछु।
सडक अवरुद्ध भएसँगै यात्रुहरू लामो समयदेखि गाडीमै बस्न बाध्य भएका छन्। खाना–पानीको अभाव, स्वास्थ्य समस्या र अन्य असुविधा बढ्दै गएको अवस्थामा तत्काल राहत आवश्यक देखिएको छ।















