नेरूडे मिर्मिरे लघुवित्तकाे नयाँ अध्यक्षमा राजकुमार राई
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिकाे अध्यक्षमा संचालक राजकुमार राई नियुक्त भएका छन् ।
बनेपा नगर पालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिकाे अध्यक्षमा नियुक्त भएका राईले नेपाल राष्ट्र बैंकमा शपथ ग्रहण गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
संस्थाको मर्जर पश्चातको स्थायित्व, सुदृढ वित्तीय सेवा विस्तार तथा ग्रामीण समुदायको वित्तीय पहुँच वृद्धिमा राईको अनुभव र नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास संस्थाले व्यक्त गरेको छ। अध्यक्ष राईको नेतृत्वमा संस्था अझ सुदृढ र प्रभावकारी ढङ्गले अघि बढ्ने अपेक्षा गरिएको छ ।













