निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ मा संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।














