१ किलो सुनसहित भारतीय नागरिक विमानस्थलमा पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई करिब १ किलो सुनसहित पक्राउ गरिएको छ ।
भारतीय नागरिक ४८ वर्षीय रोनक मदनीलाई ८३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको छ ।
उनी मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका थिए । मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियामा शंका लागेर उनको जाँच गर्दा मलद्वारबाट ३ वटा डल्लामा लुकाएर राखिएको सुन फेला परेको थियो ।
आवश्यक कारबाही र अनुसन्धानका लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने बताइएको छ ।













