उपत्यका आसपासका नदीहरूमा बाढीको जोखिम
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नदीहरूमा बुधबारको अविरल वर्षापछि बाढीको जोखिम बढेको छ ।
बागमती, धोविखोला, बल्खु खोला र विष्णुमती जस्ता नदीहरूमा बाढी आएको र जल सतह पार गर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ ।
विभागले असोज महिनामा अत्यधिक वर्षा र जलवायु परिवर्तनको प्रभावलाई ध्यानमा राख्दै सबैलाई शतर्क रहन अपिल गरेको छ ।













