फेरि रोकियो टेलिकमको विलिङ प्रणालीको ठेक्का
काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद ठेक्का फेरि रोकिएको छ । चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजको मूल्य खोल्ने मिति पुन: स्थगित भएको हो ।
टेलिकमले एक सूचना जारी गर्दै अनिश्चितका लागि मूल्य खोल्ने मिति स्थगित भएको जनाएको छ ।
१५ भदौमा ह्वावेलाई प्राविधिक रूपमा योग्य ठहराइ ३० भदौमा मूल्य खोल्ने निर्णय गरिएको थियो । तर, जेनजी आन्दोलनका कारण मिति सार्नुपरेको थियो । त्यसपछि यो प्रक्रिया अझ अनिश्चित बनेको छ । टेलिकमको पुरानो बिलिङ प्रणालीले बारम्बार समस्याहरू पैदा गर्दै आएको छ ।














