नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका



काठमाडाैं । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।

गत आर्थिक वर्षको नाफाबाट कम्पनीले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरिसकेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते बिहान ११:३० बजे ललितपुर, पुल्चोकस्थित द प्लाजामा ३४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

सभामा बोनस शेयरको कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद शेयर जारी गरी संकलित रकम उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्त गर्ने लगायतका एजेण्डा पेश गरिनेछ।


प्रतिक्रिया दिनुहोस्