उच्च तलब र स्थायित्वको अवसरसहित भारतीय दक्ष श्रमिक आकर्षित गर्दै जर्मनी, के नेपालले पाउला लाभ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उच्च तलब र स्थायित्वको अवसरसहित भारतीय दक्ष श्रमिक आकर्षित गर्दै जर्मनी, के नेपालले पाउला लाभ ?



काठमाडौं । अमेरिकी राष्ट्रपपति डोनाल्ड ट्रम्पले अन्तराष्ट्रिय विद्यार्थी तथा पर्यटकका लागी भिजा नीतिमा कडाइ गरेपछि जर्मनीले आप्रवासन नीति सहज बनाएको छ ।

जर्मनीले हालैमा भारतीय श्रमिकहरूको लागि भिसा प्रक्रिया सरल बनाउने र थप भिसा खोल्ने कार्यक्रम शुरू गरेको हो।

भारतका लागि जर्मन राजदूत फिलिप आकर्मनले जर्मनीमा उच्च दलब र सहज र स्थिर आप्रवासन नीति भएकोले, दक्ष भारतीय श्रमिकहरूलाई जर्मनी आउने आह्वान गरेका छन्। यसका अतिरिक्त, जर्मनीले भाषाको चुनौतीलाई पनि सम्बोधन गरेको छ ।

आकर्मनल यो सन्देश अमेरिकी सरकारको दक्ष विदेशी कामदारहरूको विरुद्धको कडाईका सन्दर्भमा अप्रत्यक्ष रूपमा दिएका हुन्। उनको यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ताजा निर्णयसँग जोडिएको छ, जसले एचवाबी भिसाका नयाँ आवेदकहरूका लागि १००,००० डलर शुल्क थपेका छन्।

प्रविधि क्षेत्रमा कामदारको आवस्यकता

जर्मनीलाई हाल प्रविधि क्षेत्र सहित अन्य क्षेत्रमा दक्ष कामदारहरूको ठूलो आवश्यकता छ। जर्मन आर्थिक अनुसन्धान संस्थानका अनुसार, मार्च २०२५ सम्म जर्मनीमा लगभग कामका लागि ३८७,००० पदहरु रिक्त थिए । आगामी दुई वर्षमा दोब्बर वृद्धि हुने अनुमान गरिएको छ।

देशका एक चौथाइ नागरिक ६७ वर्षको उमेर पार गरिसकेका छन् र जर्मनीका बेबी बूमर (१९५५ देखि १९७० बीच जन्मिएका) अवकाशमा जान थालेपछि युवा कामदारहरूमा कमी आएको द नियोर्क टाइमले उल्लेख गरेको छ ।

भारतिय श्रमिकको संख्या बढ्दै

जर्मनीको स्थिर आप्रवासन नीति, उच्च तलब र प्रविधिका क्षेत्रमा अवसरहरूको दृष्टिकोणले भारतीय दक्ष श्रमिकहरूको लागि आकर्षक गन्तव्य बनाएको छ। यद्यपि भाषा र राजनीतिक चिन्ताहरू केही चुनौतीको रूपमा रहे पनि, जर्मनी एक दीर्घकालिक र सुरक्षित करियर विकल्पको रूपमा देखिन थालेको छ।

जर्मनीमा हाल १,२४,००० भन्दा बढी भारतीय कामदार कार्यरत छन्, जसका अधिकांश कम्प्युटिङ, विज्ञान र प्रविधि जस्ता उच्च दक्षता भएका क्षेत्रहरूमा कार्यरत छन्।

बर्लिनको राज्य मन्त्री फ्रान्जिस्का गिफेले जर्मनीको वातावरण पूर्ण रूपमा सुरक्षित र स्वागतयोग्य रहेको बताएका छन्। उनले भारतीय युवा कामदारहरूको आकर्षणका लागि भारत भ्रमण पनि गरेका थिए।

नेपाली आईटी जनशक्तिका लागि अवसर

जर्मनीले दक्ष श्रमिकका लागि भिसा सहजिकरण गरेसँगै यसकाे लाभ नेपाललका दक्ष जनशक्तिले पनि उठाउन सक्ने भएका छन् ।

नेपालमा पछिल्ला वर्षहरूमा सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। हजारौं युवा भारतीय श्रमिक सरह दक्ष, अंग्रेजी भाषामा सक्षम र विश्वस्तरीय सीप भएका नेपाली आईटी पेशेवरहरू जर्मनीको खुला आप्रवासन नीतिबाट लाभ उठाउन सक्ने सम्भावना छ।

जर्मनीले सुरु गरेको नयाँ स्किल्ड इमिग्रेशन एक्ट अन्तर्गत नेपाली नागरिकहरूले पनि भाषा सीप र शैक्षिक योग्यताको आधारमा सीधा आवेदन दिन सक्नेछन्।

यदि नेपाली सरकार र निजी क्षेत्रले समन्वय गरेर आवश्यक जानकारी र तालिम प्रवाह गर्न सकेमा, जर्मनी नेपाली आईटी जनशक्तिका लागि अर्को आकर्षक गन्तव्य बन्न सक्ने संकेत देखिएको छ।


प्रतिक्रिया दिनुहोस्