मन्त्री घिसिङ भन्छन्,‘तुइनखोला बाहेक अन्य राजमार्गमा समस्या छैन ’
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरोले अवरुद्ध हुँदा समस्या भए पनि अन्य राजमार्गहरू सामान्य अवस्थामा रहेको ऊर्जा मन्त्री कुलमान घिसिङले बताए ।
मन्त्री घिसिङले पत्रकार सम्मेलनमा पहिरोको कारण समस्या आएको तर आज रातीसम्म यातायात पुन: सुचारु हुने बताए । उनले सडक विभागले आवश्यक मेसिन र उपकरण प्रयोग गरिरहेको र जोखिमका कारण राति काम गर्न नसकिने बताए ।
यसका साथै कान्ति लोकपथ, त्रिभुवन राजपथ, बिपी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा कुनै अवरोध नरहेको जानकारी दिए। समस्या आएमा तुरुन्त समाधानका लागि उपकरण राखिएको पनि उनले बताए ।













