११ श्रावण २०८३, सोमबार

केपी ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का हुँदै



काठमाडाैं । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित शिर्ष नेताहरूकाे राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको उच्च स्राेतले जानकारी दिए ।

पासपोर्ट रोक्का गर्ने वाचलिस्टमा देउवा र पत्नी आरजु राणा देउवाको नामसमेत राख्ने गृहकार्य भइरहेकाे भए पनि यसबारे ठोस निर्णय भने हुन बाँकी नै छ ।

जेनजी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि सरकारले कारवाहि प्रक्रिया अघि बढाएकाे बताइएकाे छ ।