अब क्युएफएक्स सिनेमाका चलचित्र टिकटहरू सिधै इसेवा एपबाटै बुक गर्न सकिने
काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिंग सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिंग सेवामा सुधार गरेको छ।
अब प्रयोगकर्ताहरूले क्युएफएक्स सिनेमाका चलचित्र टिकटहरू सिधै इसेवा एपभित्रबाटै बुक गर्न सक्नेछन्। यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ।
के हो यो नयाँ सुविधा ?
यो नयाँ प्रविधिले चलचित्रका पारखीहरूलाई घरमै बसीबसी वा जुनसुकै ठाउँबाट पनि मनपर्ने चलचित्रको टिकट काट्न अझै सहज बनाएको छ । अब तपाईंले इसेवा एप खोलेरै, मनपर्ने सिनेमा हल र शो टाइम छान्नुहोस्, सिट सुरक्षित गर्नुहोस् र तत्कालै भुक्तानी गरेर आफ्नो टिकट प्राप्त गर्न सक्नुहुनेछ ।
यस सहकार्यबारे बोल्दै इसेवाका प्रमुख रणनीति अधिकृत रबि शाक्यले भने, “ क्युएफएक्स सँगको यो सहकार्यले नेपाली डिजिटल भुक्तानी र मनोरञ्जन उद्योग दुवैका लागि एउटा महत्त्वपूर्ण कदम हो। हामी हाम्रा प्रयोगकर्ताहरूको सुविधालाई उच्च प्राथमिकता दिन्छौँ र यो नयाँ फिचरले चलचित्र प्रेमीहरूका लागि टिकट खरिदको अनुभवलाई अझै सरल र प्रभावकारी बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ। यो साझेदारीले डिजिटल नेपालको सपनालाई साकार पार्न पनि थप टेवा पुग्नेछ।“
त्यसैगरी, क्युएफएक्सका महाप्रबन्धक तृप्ति गिरीले भने, “हामी सधैँ हाम्रा दर्शकलाई उत्कृष्ट सिनेमा अनुभव दिन प्रतिबद्ध छौँ र यो साझेदारी त्यसैको एक हिस्सा हो। इसेवासँगको सहकार्यले हाम्रा ग्राहकलाई टिकट खरिद गर्न अझै सहज हुनेछ, जसले गर्दा उहाँहरूले आफ्नो समय फिल्मको आनन्द लिनमा खर्च गर्न सक्नुहुनेछ। यसले नेपालको मनोरञ्जन उद्योगमा डिजिटल रूपान्तरणलाई थप गति दिनेछ।“
कसरी गर्ने टिकट बुक ?
- आफ्नो इसेवा एप खोल्नुहोस् ।
- होम स्क्रिनमा रहेको “मुभिज” आइकनमा ट्याप गर्नुहोस् ।
- क्युएफएक्स सिनेमा छान्नुहोस् ।
- आफूले हेर्न चाहेको चलचित्र, हल र शो टाइम रोज्नुहोस् ।
- खाली सिटहरूमा ट्याप गरी आफ्नो मनपर्ने सिट छान्नुहोस् ।
- अब प्रोसिड बटन थिची भुक्तानी गर्नुहोस् ।
भुक्तानी सफल भएपछि तपाईंको टिकट माइ टिकेट्स भित्र एपमै प्राप्त हुनेछ । इसेवा सधैँ डिजिटल भुक्तानीलाई अझै सरल र सुरक्षित बनाउन प्रयासरत छ ।
क्युएफएक्स सँगको यो सहकार्यले नेपाली दर्शकलाई मनोरञ्जनको क्षेत्रमा पनि एक उत्कृष्ट डिजिटल अनुभव दिने विश्वास लिएका छौं ।
चलचित्र हेर्ने योजना बनाउँदै हुनुहुन्छ ? अब इसेवा एप खोलेर आजै आफ्नो मनपर्ने सिनेमाको टिकट सजिलै बुक गर्नुहोस् र डिजिटल सुविधा सहितको मनोरञ्जनको आनन्द लिनुहोस्।













