एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडाैं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हाे।

कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको कुल पूँजीमा ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

यसमा, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशत, जसको मूल्य ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४ लाख ९७ हजार ९२ कित्ता शेयर, नेपाल सरकारको श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको हो।

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्