११ श्रावण २०८३, सोमबार

अर्थ मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली सुरु, प्रशासनिक काम थप छरितो हुने



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयमा कागजी प्रक्रिया घटाउँदै आजदेखि डिजिटल टिप्पणी स्वीकृति प्रणाली सुरु भएको घोषणा गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले अबदेखि सबै टिप्पणी (मेमो) डिजिटल माध्यमबाट स्वीकृत गरिने बताए।

नयाँ प्रणाली लागू भएपछि मन्त्रालयको कार्यसम्पादनमा दक्षता, पारदर्शिता र गति थपिने छ। यसले प्रशासनिक प्रक्रियालाई सरल बनाउँदै कागजी झन्झट पनि कम गर्ने विश्वास लिइएको खनालले बता ।