बीमा प्राधिकरणको नयाँ अध्यक्षमा शर्मा, आजै पद वहाली
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले पद तथा गोपनियताको शथप लिएका छन् ।
शर्माले अर्थमन्त्री रामेश्वर खनाल समक्ष सपथ लिएका हुन् । उनले आजै (असोज १० गते शुक्रबार) सपथ लिएका हुन् ।
उनी गत बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयानुसार प्राधिकरणको अध्यक्ष नियुक्ति भएका थिए । नवनियुक्त अध्यक्ष शर्माले आजै पद वहाली गर्नेछन् ।













