सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर तयार, असोजभित्रै अनलाइन दर्ता प्रक्रिया सुरु - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर तयार, असोजभित्रै अनलाइन दर्ता प्रक्रिया सुरु



काठमाडौं । अब सहकारी संस्था दर्ता गर्न सरकारी कार्यालय धाउनु नपर्ने भएको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि आफ्नै अनलाइन सफ्टवेयर तयार गरेको छ । प्राधिकरणले असोज महिनाभित्रै सञ्चालनमा आउने तयारी गरेको हो ।

उक्त प्रणालीमार्फत बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, अभिलेखीकरण, अनुगमन र प्रतिवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल हुनेछ ।

सहकारी क्षेत्रका लागि नयाँ नियामकीय मापदण्ड २०८२ लागू भइसकेको छ । दर्ता प्रक्रिया पारदर्शी, प्रभावकारी र नियमनयोग्य बनाउने लक्ष्यसहित सफ्टवेयर सञ्चालनमा ल्याउन लागिएको हो ।

प्राधिकरणले हालै साधारण सभा सञ्चालन सम्बन्धी निर्देशन पनि कार्यान्वयनमा ल्याएको छ भने सघन अनुगमन कार्य सुरु गरिसकेको छ ।

साथै, सहकारी ऐन २०७४ र नियमावली २०७५ लाई स्पष्ट बनाउन गृहकार्य भइरहेको जानकारी दिइएको छ ।

अनलाइन प्रणालीमार्फत दर्ता प्रक्रियाका लागि सहकारी संस्थालाई ६० दिनभित्र आवश्यक विवरण प्रविष्ट गर्न आह्वान गरिएको छ । प्रक्रिया पुरा भएपछि दर्ता प्रमाणपत्र डिजिटल रूपमा उपलब्ध गराइनेछ ।


प्रतिक्रिया दिनुहोस्