सवारी दर्ता र लाइसेन्स सेवा बन्द, अब कहिलेबाट सुरु हुने ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सवारी दर्ता र लाइसेन्स सेवा बन्द, अब कहिलेबाट सुरु हुने ?



काठमाडौं । यातायात व्यवस्था विभागका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्तासम्बन्धी सबै कार्यहरू स्थगित भएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा डाटा सेन्टरमा आगजनी भएको र यसको कारण सवारी लाइसेन्स र दर्ता सम्बन्धी सबै सेवा प्रभावित भएका छन् ।

सर्भरको मर्मत र पुन: सञ्चालनको काम भइरहेको जनाउँदै विभागले अर्को सूचना जारी नभएसम्म सबै सेवाहरू बन्द रहने जानकारी दिएको छ । विभागको सूचना प्रविधि प्रणाली सञ्चालन गर्नका लागि आवश्यक मर्मत कार्य भइरहेको छ । त्यसकारण हालको समयमा उक्त सेवा उपलब्ध गराउन नसकिने विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्