प्रचण्डले गरे आफू पार्टीको अध्यक्ष नरहेको घोषणा
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरे अब आफू पार्टीको अध्यक्ष नरहेको घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू अध्यक्ष नरहेको घोषणा गर्दै आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको बताएका हुन् ।
‘आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो’ प्रचण्डले भने ।













