विद्युत विकास विभागले पायाे पहिलाे महिला महानिर्देशक, कुलमानलाई शून्य नम्बर मण्डलको सरुवा
काठमाडाैं । विद्युत विकास विभागले पहिलाे महिला महानिर्देशक पाएकाे छ । उर्जा मन्त्री कुलमान घिसिङले विभागकाे महानिर्देशककाे जिम्मेवारी मनदेवी श्रेष्ठलाई दिएका हुन् ।
श्रेष्ठ यसअघि विभागमा उपमहानिर्देशक पदमा कार्यरत थिइन्।
यसअघि विभागको महानिर्देशक रहेका जीवछ मण्डललाई जल तथा आयोग सचिवालायमा सरुवा गरेका छन् ।
कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको महानिर्देशक रहँदा आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादन मूल्यांकनका लागि मन्त्रालयका सहसचिव जीवछ मण्डलले कुलमानलाई शून्य नम्बर दिएका थिए।
तत्कालिन ऊर्जा मन्त्री दिपक खड्काको इशारामा कुलमानलाई शून्य नम्बर दिइएपछि चर्को आलोचना भएको थियो।













