सिटी होटलको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थपियाे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिटी होटलको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थपियाे



काठमाडाैं । सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। अब लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअन्तर्गत १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरिएको छ।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। सो अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्