१ कार्तिक २०८३, आइतबार

प्रतिसोध साध्दै कार्की सरकार: ओली र लेखकसहितको पासपोर्ट रोक्का, उपत्यका बाहिर जानसमेत रोक 



काठमाडौँ । वर्तमान सरकार निवर्तमान सरकारलाई प्रतिसोध साँध्न उद्वेलित भएको देखिएको छ । 

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार बनेपछि निवर्तमान सरकारका प्रधानमन्त्री र गृहमन्त्रीको पासपोर्टै रोक्का राख्ने निर्णयमा पुगेको हो । 

देशभर भदौ २३ र २४ गते जेनजीको नाममा सबै सरकारी संरचना जलाएर बनेको वर्तमान सरकारले यसअघिका सरकारलाई निक्कै नै प्रतिसोध साँध्ने काम गरिरहेको निवर्तमान एक मन्त्रीले बताए । 

आज आइतबार बसेको मन्त्रीपरिषद् बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रहेका काँग्रेस नेता रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र निवर्तमान काठमाडौँ प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट मात्रै होइन उपत्यका बाहिर जानै रोक लगाएको छ । 

सरकारले जाँचबुझ आयोगको सिफारिसको आधारमा निम्न व्याक्तिहरुको पासपोर्ट रोक्का राखेको हो । वर्तमान सरकार छ महिनाभित्र निर्वाचन गराउने टिओआर भुलेर देशको राजनीतिलाई थप गिजोल्नतर्फ लागेको देखिन्छ ।