११ श्रावण २०८३, सोमबार

खुकुलो बन्दै सवारी आवागमन, चितवनबाट काठमाडौँ आउने समय थप

खुकुलो बन्दै सवारी आवागमन, चितवनबाट काठमाडौँ आउने समय थप



काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले यातायात आवागमनलाई केही खुकुलो बनाएको छ । 

प्रशासनले चितवनबाट काठमाडौँ आउने र पोखरा जाने सवारीको लागी साँझ ६ बजेपछि छुट्न प्रतिबन्ध लगाएकोमा अव समय बढाएर ९ बजेसम्म पु¥याएको छ । 

तिन दिनदेखी देशभर परेको वर्षाको कारण धेरै राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । त्यसमा पनि पानी पर्ने क्रम नरोकिएकाले चितवन प्रशासनले सवारी आवागमनलाई केही खुकुलो बनाएको छ । चितवनमा हिजो सांझ देखीनै वर्षा रोकिएको छ । 

चितवन हुँदै पोखरा तथा काठमाडौँ जाने सवारी तथा भित्रनेको लागी केही समय बढाएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले बताए ।