बिहानैबाट सञ्चालनमा आयो नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा, गन्तव्यतर्फ जान थाले गाडी
बिहानैबाट सञ्चालनमा आयो नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा, गन्तव्यतर्फ जान थाले गाडी
काठमाडाैं । आज बिहान ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ।
गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण पहिरोको उच्च जोखिम देखिएपछि आइतबार राति ९ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधनको आवागमन रोकिएको थियो।
सडक सञ्चालनमा आएपछिहोल्डिङ सेन्टरमा रोकिएका छोटो तथा लामो दुरीका सवारी साधन आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।













