मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्न आज (असोज २१ गते) अन्तिम दिन हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि भोलि असोज २२ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएकाहरूले कम्पनीको आगामी साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले १८ औं वार्षिक साधारण सभा असोज ३१ गते, शुक्रबारका दिन थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि आह्वान गरेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार दिने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेस गरिनेछ।


प्रतिक्रिया दिनुहोस्