दैनिक औसत १ हजार मेगावाट विद्युत् निर्यात हुँदै, साउनयता १५ अर्ब आम्दानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दैनिक औसत १ हजार मेगावाट विद्युत् निर्यात हुँदै, साउनयता १५ अर्ब आम्दानी



काठमाडाैं । चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएकाे हाे ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ।

भारतको प्रसारणलाइनको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्