बैंकिङ प्रणालीबाट थप २० अर्ब खिच्दै केन्द्रिय बैंक
काठमाडौं । बुधवार पनि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि मंगलबार मात्र ९० अर्ब रूपैयाँ उठाएकाे केन्द्रिय बैंकले आज थप २० अर्ब रुपैयाँ तान्ने भएको हो ।
राष्ट्र बैंकले आजै अर्थात् असोज २२ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम ११ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बाल गर्न सकिनेछ ।
सावाँ तथा ब्याज भुक्तानी आगामी असोज १२ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।













