सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई साढे १ अर्ब रूपैयाँ बाँड्ने, बोनस तथा नगद कति ?
काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरूका लागि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
बैंकले बोनस सेयर अन्तर्गत आफ्ना सेयरधनीलाई ७० कराेड ४४ लाख ९९ हजार १० रूपैयाँ र नगद लाभांश अन्तर्गत ७७ कराेड ९१ लाख ७५ हजार ९०५ रूपैयाँ गरी जम्मा १ अर्ब ४८ कराेड ३६ लाख ७४ हजार ९१५ रूपैयाँ बाड्ने भएकाे हाे ।
बैंकको हालको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।
सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ८३ करोड रूपैयाँमा झरेको छ ।













