रेड्मी नोट १४ सिरिजका स्मार्ट फोनहरुमा भारी छुट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रेड्मी नोट १४ सिरिजका स्मार्ट फोनहरुमा भारी छुट



काठमाडौं । शाओमी नेपालले “शाओमी महा फेस्टिवल” उत्सवको वसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिएको घोषणा गरेको छ ।

यस कार्यले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको छ ।

रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट बारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “यस रेड्मी नोट १४ सिरिजले सम्पूर्ण नेपाली ग्राहकहरूको मनमा सधैं विशेष स्थान बनाएको छ । यस सिरिजको मूल्यमा गरिएको यो नयाँ मूल्य हाम्रो वाचा पुनः दोहो¥याउने प्रयास हो । साथै यसले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउने छ । अब अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी रेड्मी नोट १४ सिरिजको फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् भन्ने कुरामा हामी उत्साहित छौँ ।”

रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य पनि राखेको कम्पनीले ग्राहकहरुलाई अझै सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउँने जनाएको छ ।

रेड्मी नोट १४ सिरिज अन्तर्गतको ६ जीबी प्लस १२८ जीबीको मूल्य २३ हजार ९ सय ९९ तथा ८ जीबी प्लस २५६ जीबीको मूल्य २६ हजार ९ सय ९९ रुपैयाँमा झरेको छ । यसअघ यी दुई मोडलको मूल्य क्रमशः २४,९९९ रुपैयाँ र २७,९९९ रुपैयाँ रहेको थियो।

यस्तै रेड्मी नोट १४ ९छन्० अन्तर्गतको ८ जीबी प्लस २५६ जीबीको मूल्य रु २९ हजार ९९९ र १२ जीबी प्लस ५१२ जीबीको ३४ हजार ९९९ रुपैयाँमा झरेको छ । यसअघि यी मोडलहरुको मूल्य क्रमशः ३० हजार ९९९ र ३५ हजार ९९९ रुपैयाँ रहेको थियो ।

आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनका साथ, रेड्मी नोट १४ सिरिजले प्रयोगकर्ताका हरेक अपेक्षा पुरा गर्दै आएको छ ।

संशोधित मूल्यहरू २०८२ साल असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भएको र नेपालभरका सबै शाओमीका अधिकृत बिक्रेता तथा खुद्रा बिक्रेता र प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्