राष्ट्र बैंकको निर्णयले सेयर बजारमा सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि बन्द
काठमाडौं । यस साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार खुलेको केहि मनेटमै सकारात्मक सर्किट ब्रेक लागेको छ।
आज सुरुवातमै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०२.४१ अंक अर्थात् ४ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लागेको हो ।
अहिले ४ प्रतिशतले बढेकाे नेप्से २६ सय ६२ बिन्दुमा उक्लिएकाे छ ।
बुधबार साझ नेपाल राष्ट्र बैंकले सेयर धिताे कर्जामा लागेकाे २५ कराेडकाे सिमा हटाएपछि आज सेयर बजारमा उत्साह देखिएकाे हाे ।













