सवारी सुविधा व्यवस्थापनका लागि मापदण्ड बनाउँदै अर्थ मन्त्रालय, माग्यो विवरण
सवारी सुविधा व्यवस्थापनका लागि मापदण्ड बनाउँदै अर्थ मन्त्रालय, माग्यो विवरण
काठमाडौं । सरकार सवारी सुबिधा व्यवस्थापन सम्बन्धी मापदण्ड बनाउन गृहकायृमा जुटेको छ ।
अर्थ मन्त्रालयले गत असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सवारी सुबिधा पाउने पदाधिकारी तथा कर्मचारीहरूलाई सवारी सुबिधा व्यवस्थापन सम्बन्धी मापदण्ड तर्जुमा गर्ने प्रयोजनका लागि विबरण माग गरेको छ ।
यसका लागि मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयसँग विवरण मागेको हो । विवरण ७ दिनभित्र उपलब्ध गराउन भनिएको छ।
अर्थ मन्त्रालयले पदाधिकारी र कर्मचारीलाई गाडी सुविधा दिंदै आएका मन्त्रालय र कार्यालयसँग सवारी सुविधा पाउनेको नाम, दर्जा, सवारीको मोडल, कार्यालयमा चालु अवस्थामा रहेका सवारीसाधनको किसिम र सवारी चालकको विवरण मागेको छ।
कर्मचारीमा मौलाएको सवारीसाधन दुरुपयोग गर्ने विकृति रोक्नका लागि मापदण्ड बनाउन लागिएको मन्त्रालयले जनाउको छ।













