राष्ट्रपतिले डाके प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक
राष्ट्रपतिले डाके प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउसाे ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई बैठकका लागि आह्वान गरेका हुन् ।
चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा यसअघि हिजो राष्ट्रपति पौडैलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजनीतिक वातावरण तय गर्न सुझाव दिएका थिए ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।













