११ श्रावण २०८३, सोमबार

राष्ट्र बैंकले घटायो एटीएमबाट झिक्न पाउने रकमको सीमा, अब दैनिक कति निकाल्न पाइन्छ ?

राष्ट्र बैंकले घटायो एटीएमबाट झिक्न पाउने रकमको सीमा, अब दैनिक कति निकाल्न पाइन्छ ?



काठमाडौं । अबदेखि एटीएमबाट दैनिक ५० हजार रुपैयाँ निकाल्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सर्कुलर जारी गर्दै डेबिट कार्डबाट दैनिक ५० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्था गरेको हो ।

यसअघि डेबिट कार्डबाट दैनिक १ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था रहेको थियो । तर, हाललाई यस्तो रकमको सीमा घटाइएको हो ।

यस्तै, केन्द्रिय बैंकले डेबिट कार्डबाट प्रति कारोबार २० हजार र मासिक ३ लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइने व्यवस्था गरेको छ । यसअघि प्रति कारोबार २५ हजार तथा प्रति महिना ४ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था थियो ।

केन्द्रिय बैंकले प्रिपेड काडर क्रेडिट कार्डबाट कारोबार सीमामा भने केही परिवर्तन गरेको छैन् ।

प्रिपेड कार्ड मार्फत भने प्रतिदिन २० हजार रुपैयाँ र प्रति महिना २ लाख रुपैयाँ कारोबार गर्न पाइने छ । यसमा प्रतिकारोबार १० हजार रुपैयाँ रहने छ ।

यता, क्रेडिट कार्ड मार्फत भने स्वीकृत सीमाको १० प्रतिशतसम्म कारोबार गर्न पाइने छ । यसअघि पनि प्रिपेड कार्ड र क्रेडिट कार्डको सीमा सोही नै थियो ।