जेनजीसंग वार्ता अघिनै बिरामी परेका राष्ट्रपति पौडेलको स्वास्थ्यस्थिति सामान्य - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जेनजीसंग वार्ता अघिनै बिरामी परेका राष्ट्रपति पौडेलको स्वास्थ्यस्थिति सामान्य



काठमाडौँ । शनिवार विभिन्न जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्ने तालिका सार्वजनिक भएको थियो । तर राष्ट्रपति पौडेलका स्वास्थ्यमा समस्या आएको कारण वार्ता हुन सकेन । 

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई शनिवार विहानै महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो । 

शनिवार मध्यान्ह राष्ट्रपतिको स्वास्थ्य स्थिति सामान्य रहेको भन्दै अस्पताले विज्ञप्त निकालेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

आज विभिन्न आन्दोलनरत जेनजी प्रतिनिधीहरुसंग राष्ट्रपतिको वार्ता तय गरिएकोमा सो वार्ता सोमबारलाई सरेको छ । 


प्रतिक्रिया दिनुहोस्