ओली बिरामी भएपछि एमाले सचिवालय बैठक स¥यो, आइतबार ११ बजे बस्ने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ओली बिरामी भएपछि एमाले सचिवालय बैठक स¥यो, आइतबार ११ बजे बस्ने 



काठमाडौँ । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । ओलीको स्वास्थ्यमा समस्या आएपछि उनको दैनिक कार्यसूची परिवर्तन भएको छ । 

ओलीलाई ज्वरो रुघा लागेपछि शनिवार बस्ने भनिएको सचिवालयको बैठक आइतबार ११ बजेको लागी तोकिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

एमाले सचिवालयको शनिवारको बैठक भक्तपुरको गुण्डुमा बस्ने तय भएको थियो ।

हिजो शुक्रवारदेखि सुरु भएको एमाले सचिवालय बैठक आइतबारलाई सरेको हो । अव केही पदाधिकारीले आफ्ना धारणा राख्न बाँकी रहेको छ । 


प्रतिक्रिया दिनुहोस्