एकैदिन ताेलामा ३००० रूपैयाँ बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एकैदिन ताेलामा ३००० रूपैयाँ बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?



काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीकाे मूल्य बढेकाे छ । आज एकैदिन सुनको मूल्य प्रतितोला ३००० रूपैयाँ बढेकाे हाे ।

लगातार बढेर इतिहासकै उच्च बिन्दु कायम गर्दै आएको सुनको मूल्य गत शुक्रबार घटेको थियाे भने आज फेरी बढेकाे छ ।।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पन बढेको छ । शुक्रबार तोलामा ३ हजार ८५ रुपैयाँमा काराेबार भएको चाँदीकाे मूल्य आज ३ हजार १ सय २५ रूपैयाँ कायम भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्