२५ भदौ २०८३, बिहिबार

अभियान लघुवित्तको संचालक दाहालको राजिनामा स्वीकृत



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक उमेश दाहालको राजिनामा स्वीकृत भएको छ ।

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै आएका दाहालले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनमा दिएका थिए । उनले गत भदौ १३ गते दिएको राजिनामा असोज २४ गते शुक्रबार स्वीकृत भएको छ ।