२५ भदौ २०८३, बिहिबार

माथिल्लो मैलुङ खोला जलविद्युतको अध्यक्षमा थापा, संचालकमा अमात्य र बस्याल चयन



काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको अध्यक्षमा घनश्याम थापा चयन भएका छन् ।

गत शुक्रबार (असोज २४ गते) सम्पन्न कम्पनीको १२औं वार्षिक साधारण सभाबाट थापा अध्यक्षमा चयन भएका छन् । सोही सभाले राजन प्रसाद अमात्य र शरद बस्याललाई संचालकमा चयन गरेको हो ।

अमात्य सानिमा हाइड्रोपावर र बस्याल गणेश इन्भेष्टमेन्टको तर्फबाट संचालनक बनेका हुन् । उनीहरुको कार्यकाल आगामी चार वर्षको हुनेछ ।