एचआइडीसीएलको संचालक हेरफेर, अध्यक्षमा उर्जा सचिव चटौत
काठमाडौं । हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेन्ड एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) मा संचालक समिति परिवर्तन भएको छ ।
कम्पनीको अध्यक्षमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवि चटौत चयन भएका छन् । यसअघि उक्त पदमा उर्जा सचिव सुरेश आचार्य रहेका थिए । उनको अवकाश पश्चात चटौतलाई अध्यक्षमा नियुक्ति गरिएको हो । उनले गत शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
यसका साथै कम्पनीको संचालकमा अर्थमन्त्रालयको तर्फबाट सहसचिव यज्ञ प्रसाद भट्टराईको ठाउँमा महेश आचार्य मनोनयन भएका छन् । उनले पनि अध्यक्ष समक्ष पदको शपथ ग्रहण गरिसकेका छन् ।












