२४ भदौ २०८३, बुधबार

जिली ‘एक्स फाइभ’ले जित्दैछ नेपाली उपभोक्ताहरुको मन, दुई महिनामै यस्तो देखियो क्रेज



काठमाडौं । हालसालै नेपाली बजारमा प्रवेश गरेको विश्वविख्यात ईभि ब्राण्ड जिली ‘एक्स फाइभ’ले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।

नेपालमा सार्वजनिक भएको केवल दुई महिनामै जिली ‘एक्स फाइभ’ म्याक्स र ‘एक्स फाइभ’प्रोका गैरीधारास्थित शोरूममा ग्राहक तथा उपभोक्ताहरुको भीड लागिरहेको छ ।

कमपनीका अनुसार गाडीको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको हो । जसले नेपाली उपभोक्ताहरुको विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड जिली अटोमोबाइल ग्रुपप्रतिको विश्वासलाई झल्काएको छ ।

काठमाडौं लगायत पोखरा र विराटनगरसम्मका उत्साही ग्राहकहरू गैरीधारा, शोरूममा स्वस्फूर्तरुपमा आएर जिली ‘एक्स फाइभ’ लाई प्रत्यक्ष रूपमा अनुभव गर्दा ‘एक्स फाइभ’ मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयुभी देखेर चकित परेका छन्, जसले विद्युतीय सवारी साधनको परिभाषा नै पुनर्लेखन गरिरहेको छ ।

‘हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं’, एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले बताए । उनलेभ ने, ‘शोरूम बाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता— यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन् ।’

उनका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले ‘एक्स फाइभ’को स्मूथ परफर्मेन्स, र भविष्यकेन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई ‘नेपालले कुरिरहेको इभी’ को संज्ञा दिएका छन् ।

एलआरआर मोटर्सले हाल फोन र सामाजिक सञ्जालमार्फत परिवार, युवा, ब्यवसायी, पेशाकर्मी र ईभि पारखीहरूबाट अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको छ। धेरै ग्राहकहरूले ‘एक्स फाइभ’को रेंञ्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयूभी मध्ये एकको उपमा दिएका छन् ।

‘जिली ‘एक्स फाइभ’ प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो’ एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने । ‘हामीले पाएको जिली ‘एक्स फाइभ’ प्रतिको उत्साह र स्विकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ ।’

उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ । हाल गैरिधारास्थित शोरूम बिहान ९ बजे देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ । साथै शनिवार र सार्वजनिक बिदामा पनि खुला रहेको बताइएको छ ।

यो उत्साहलाई थप उचाइमा पुर्‍याउन, एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ । अफर अन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको नि:शुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्नेछन् ।