११ श्रावण २०८३, सोमबार

एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने

एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने



काठमाडौं । नेकपा एमालेले आफ्नो एघारौं महाधिवेशन आगामी मंसिर अन्तिम सातामा गर्ने निर्णय गरेको छ ।

पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन यही मंसिरमा आयोजना गर्ने टुंगो लगाएको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनको ठोस मिति र स्थान भने यही असोज २९ गते सुरु हुने केन्द्रीय कमिटी बैठकबाट तय गरिनेछ ।