दुई दिनमा साढे ५ हजार रुपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

दुई दिनमा साढे ५ हजार रुपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ३००० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतितोला २ हजार ४०० रूपैयाँ बढेकाे हाे ।

लगातार बढीरहेकाे सुनकाे मूल्य आज उच्च रेकर्ड कायम गरेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार छापावाल सुन प्रतिताेला २ लाख ३८ हजार रुपैयाँ कायम भउकाे थियाे ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १२५ रुपैयाँमा काराेबार भएको चाँदीकाे मूल्य आज ३ हजार २ सय २० रूपैयाँ कायम भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्