सुरु भयो फोर्थिङ तिहार भाइब अभियानः हरेक यात्रामा उत्सवको अनुभूति
सुरु भयो फोर्थिङ तिहार भाइब अभियानः हरेक यात्रामा उत्सवको अनुभूति
काठमाडौं । लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि, नेपालमा फोर्थिङ ब्रान्डको लागि आधिकारिक वितरकले तिहारको अवसरमा विशेष अफर ‘फोर्थिङ तिहार भाइब’ घोषणा गरेको छ।
यो अफर असोज २७ देखि कात्तिक ३ गतेसम्म लागू हुनेछ, जसअन्तर्गत ग्राहकहरूले शैली, प्रदर्शन र नवीनता मिसिएको फोर्थिङको प्रिमियम विद्युतीय गाडी “फोर्थिङ फ्राइडे” अनुभव गर्न सक्नेछन्।
अभियान अवधिभर, ग्राहकहरूले विभिन्न आकर्षक सुविधा तथा उपहार प्राप्त गर्ने अवसर पाउनेछन्। यसमा प्रारम्भिक गाडी बुकिङमा आइफोन १७ प्रो जित्ने मौका, चित्ताकर्षक नगद छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म निःशुल्क मर्मत सेवा, ७ किलोवाट क्षमताको घरमै जडान हुने चार्ज यन्त्र, अतिरिक्त पाङ्ग्रा, एक वर्षको गाडी बीमा र सडक कर समेत निःशुल्क उपलब्ध गराइनेछ।
फोर्थिङ फ्राइडे गाडीमा भविष्यमुखी डिजाइन, आधुनिक सुरक्षात्मक प्रविधि र वातावरणमैत्री कार्यसम्पादन रहेको छ, जसले नेपाली गाडी बजारमा नयाँ स्तरको अनुभव दिलाउने लक्ष्य लिएको छ। यो गाडी शहरका दैनिक यात्रादेखि साप्ताहिक घुमफिरसम्मका लागि उपयुक्त छ। यसमा ६४ दशमलव ४ किलोवाट घण्टाको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले अनुमोदित परीक्षण मापदण्डअनुसार ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्दछ।
गाडीको भित्री सजावट आरामदायी र प्रयोगमैत्री छ, जसमा चालक र यात्रुको सुविधा विशेष ध्यानमा राखिएको छ। यसमा प्रिमियम स्तरको मसाज स्पोर्ट्स सिट तथा विशेष भेरियन्टमा विद्युतीय पिछाडिको ढोका (टेलगेट) पनि समावेश गरिएको छ।
अभियानबारे जानकारी दिँदै लक्ष्मी ई–मोबिलिटीका प्रतिनिधिले भने, “फोर्थिङ तिहार भाइब केवल अफर होइन, यो तिहारको रौनकलाई हाम्रा ग्राहकहरूसँग मनाउने माध्यम हो। हामी सफा, आधुनिक र भावनात्मक यात्रातर्फ अघि बढ्दैछौं, र चाहन्छौं कि ग्राहकले फोर्थिङ फ्राइडे चलाउँदा केवल प्रविधि होइन, उत्सवको भावना पनि महसुस गरून्।”
ग्राहकहरूलाई थापाथली र नमसालस्थित फोर्थिङ प्रदर्शन कक्षहरूमा आमन्त्रण गरिएको छ, जहाँ उनीहरूले फोर्थिङ फ्राइडे गाडी नजिकबाट अवलोकन गर्न, परीक्षण यात्रा गर्न र व्यक्तिगत परामर्श सेवा लिन सक्नेछन्।













