पोखरा र समृद्धि फाइनान्सले पाए मर्जरका लागि सैद्धान्तिक सहमति - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

पोखरा र समृद्धि फाइनान्सले पाए मर्जरका लागि सैद्धान्तिक सहमति



काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडले गाभ्ने गाभिने (मर्जर) प्रायोजनका लागि सैद्धान्तिक सहमति पाएका छन् ।

नेपाल राष्ट्र बैंकले पोखरा र समृद्धि फाइनान्सलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो ।

बैंकले असोज २७ गतेबाट लागू हुने गरी तीन महिनाभित्र आ आफ्नो विशेष साधारणसभाबाट विशेष प्रस्ताव पारित सहित आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि पेस गर्न सहमति दिएको छ ।

पोखरा र समृद्धि फाइनान्सले मर्जरका लागि यसअघि नै सम्झौतामा हस्ताक्षर गरेका थिए।


प्रतिक्रिया दिनुहोस्